
काठमाण्डौ, बैशाख १७
सत्तारुढ नेपाली काँग्रेसले सात वटै प्रदेशमा चुनावी सभा गर्ने भएको छ ।
शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिएका हुन् ।
मुख्यसचिव पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् ।
त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा हुने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।