जनकपुर,बैशाख १७
सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
शनिबार जनकपुरधाम स्थित जनमत पार्टी कार्यालयको सचिवालयमा आयोजित पत्रकार सम्मेलनबाट जनकपुरधामको मेयरकी उम्मेदवार समेत रहेकी पार्टीकी केन्द्रिय ससचिव अनिता देवी साहले चुनावी घोषणा पत्र सार्वजनिक गरेकी हुन् ।
उनले आफ्नो घोषणा पत्रमा फोहरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेकी छन् ।
जनकपुर भित्रको सार्वजनिक गुठ्ठी तथा मठमन्दिरको जग्गा । सम्पतिको संरक्षण, आन्तरिक राजस्व चुहावटको रोकथाम तथा आयको वृद्धि सुनश्चित, आंगणमा नगरपालिका मोवाइलबाट काम, भ्रष्टाचार सफाई, घुस लिनेलाई करबाही, तपाइको स्वास्थय नगरको जिम्मेबारी, अविभावकको साझेदारीमा शिक्षाको उन्नती लगायतको एजेण्डा जनमत पार्टीको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
‘एक मौकचा दिजिये, फिर चमत्कार देखिये !, सामुदायिक स्वरोजगार लायेंगे,जनता राज बनायेंगे !’ अगाडी हिन्दी भाषमा थप नारा लेखिएको छ ‘भ्रष्टाचार मिटायेंगे, घरघर रोजगारी दिलवायेंगे’
पत्रकार सम्मेलनमा जनमत पार्टीका नेता डा. श्यामबाबु महतो, सम्भुनाथ साह र जनकपुरका उपमेयरका उम्मेदवार सन्तोष साहको उपस्थिति रहेको थियो ।