जनकपुर, बैशाख १८

धनुषाको हंसपुर नगरपालिकाका निवर्तमान मेयर रामज्ञान मण्डलले संकल्पसहित घरदैलो अभियानलाई अगाडी बढाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मेयर पदको टिकट पाएका मण्डलले मण्डलले संकल्प लिएका हुन् ।

उनले घरदैलो कार्यक्रम शुरु गर्नु अघि भव्यतासाथ पुजापाठसहित संकल्प लिएका छन् । मन्दिरमा गएर संकल्प लिएका मण्डलले मतदाता माझ आजदेखि घर दैलोसहितका अभियानलाई निरन्तरता दिने भएका छन् ।

उनीसंगै लोसपा नेपालका उपमेयर पदको उम्मेदवार दिपिका मुसहर सदाका साथै सबै वडाको वडाअध्यक्ष पदको उम्मेदवारहरु समेत उपस्थित थिए ।

मन्दिरमा संकल्प लिएका उनले आफुले जनतामाझ गर्ने प्रतिबद्धता पूरा गरेर देखाउन संकल्प लिएको बताए ।

निवर्तमान मेयर समेत रहेका मण्डलले आफुले यस अघिको कार्यकालमा नगर विकासका लागि गर्न नसकेको कार्यहरु आउने कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।