एजेन्सी, बैशाख १८

भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ ।

यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।

नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ ।

राहतको कुरा छ छ भने कोरोनाका कारण यहाँ १ जनाको मात्रै मृत्यु भएको छ ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।