जनकपुर, बैशाख १८
यही बैशाख ३० गते हुने स्थानीय निर्वाचन २०७९ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खेलेको छ ।
कांग्रेसबाट उम्मेदवार बनेकी रिपुकुमारी वडा नम्बर ५ को वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।
उनी दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् ।
दलित महिला सदस्य पदका लागि उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।