जनकपुर, बैशाख १८

धनुषाको मिथिला नगरपालिकामा मेयर र उपमेयर पदका अकांक्षी उम्मेदवारहरु चुनावी अभियालनाई तिव्र दिएका छन् । सो क्रममा उम्मेदवारहरुले घरदैलो अभियानलाई अगाडी बढाएका छन् ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धनका तर्फबाट मेयर पदका संयुक्त उम्मेदवार रामकुमार महतो घरदैलो अभियानमा लागि परेका छन् ।

यही बैशाख ३० मा हुने स्थानीय चुनावमा मेयर महतो र उपमेयरमा मनुमाया मोक्तानसहित गठबन्धनका सम्पूणर् उम्मेदवारलाई मतदान गर्न जनताको घरदैलोमा पुगी मत माँगिरहेका छन् ।

माओवादी र जसपाका गठबन्धनका सबै उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउन भन्दै जसपाका नेता चन्देश्वर महतो समेत पुग्न थालेका हुन् ।

उम्मेदवार महतोले उत्तरीभेगमा लामो समयदेखि रहेको खानेपानीको समस्याको दीर्घकालिन समाधान, शिक्षामा आधुनिकीकरण, हरेक बालबालिकालाई अनिवार्य पढ्ने वातावरण, नगरभित्रको सबै सडक कालोपत्रे र पक्की, नदीनाला तथा चुरे दोहन नियन्त्रण एजेण्डासहित जनताको घर दैलोमा पुग्न थालेको बताए ।

मिथिला नगरपालिका भित्र रहेका संयौ सुकुम्वासी भूमिहीन गरिबहरु रहेकाले नगरभित्रका थुप्रै ऐलानी जग्गाहरुमा तिनको व्यवस्थापन गर्ने, लालपूर्जा दिने वतावरण बनाउने, औद्योगिकीकरणको व्यवस्थापन जस्ता एजेण्डा आफ्नो रहेको उम्मेदवार महतोको भनाइ छ ।

गठबन्धनबाट माओवादीले मेयर र उपमेयरमा जसपाकी मोक्तान उम्मेदवार छन् ।