जनकपुर, वैशाख १८
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चिन्ह एउटै पाएपछि उनीहरु वीच गठबन्धन भएको छ ।
बलराम महतो मेयरका उम्मेदवार हुने भने निर्मल चौधरी उपमेयर पदका स्वतन्त्र उम्मेदवार हुन् । दुवै जनाले आम चुनावी चिन्ह पाएपछि उनीहरुको गठबन्धन भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतो र उपमेयरमा निर्मल चौधरीले संयुक्त रुपमा घर दैलो अभियान थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको सोहनीमा प्रचारप्रसार गर्दै चौधरीले आफुहरु बीचमा संगै निर्वाचन जाने गठबन्धन भएको बताए । उनले मेयरको भिजन र आफुले त्यो भिजनलाई कार्यान्वन गर्ने पक्षमा रहेको र आफुहरु यहि नै चुनावी एजेण्डा समेत रहेको बताए ।
चौधरीले जनकपुरधाम बनाउने अभियानमा दुवै जना लागेको कारणले सहकार्य भएको र आफुहरुको कुनै स्वार्थ समेत नरहेको बताए । उनले जनकपुर परिवर्तनको आवश्यकता रहेको बताउँदै जनकपुरधाममा पर्यटन कृषि र शिप मुलक आय आर्जनको निकै सम्भावना रहेको बताउँदै नगरपालिकामा आज सम्म स्वरोजगार मुखि योजनाहरुको विकास नभएको बताए । आफुहरुको चाहना जनकपुर मधेस प्रदेशको राजधानी भएको कारणले यसलाई औद्योगिकरणको आवशयकता रहेको बताउदै यसबाट युवा वर्गहरुलाई लाभ लिन प्रस्तत सम्भावना समेत रहेको बताए ।
मेयरका उम्मेदवार महतोले समेत दुवै जनाको चाहना विकास र समृद्धि रहेको कारणले आफुहरु यसै अभियानमा सहकार्यको साथ स्वतन्त्र उम्मेदवारीसंगै सहकार्य र समन्वय गरेको प्रस्ट्याए ।