जनकपुर, बैशाख १८

धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले भित्रको विवादले उग्ररुप लिएपछि झण्डैले एक केन्द्रिय नेता दुव्र्यवहार हुन बाट जोगिएका छन् ।

आइतबार मिथिला नगरपालिका स्थित लालगढमा रहेको एक होटेलमा चुनाव परिचालन मुल कमिटीको बैठकमा एक्कासी एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पुगेपछि उनीमाथि कार्यकर्ताहरु जाई लाग्दै तथानाम सहित कालोमोसो दल्ने दुष्प्रयास समेत गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका केन्द्रि सचिव महासेठ पुगेपछि मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो पक्षका असन्तुष्ट कार्यकर्ताहरुको एक समूहले चर्को विरोध गर्दै कालोमोसो दल्नेसम्मको हुलहुज्जत गरेपछि गरेको एक नेताले जनाए ।

सो बैठकमा छलफल चलिरहँदा भएको विवादमा हातहालाहालको अवस्था सम्म पुगेपछि बैठक स्थगित नै गरिएको उनले बताए ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिमसमयमा आएर निवर्तमान मेयर हरिनारायण महतोलाई टिकट नदिई अर्कैलाई टिकट दिएपछि असन्तुष्ट छन् । उनले उम्मेदवारी फिर्ता लिएपनि आज भएको बैठकमा उनका समर्थकहरुसँग सचिव महासेठको समान्य घम्साघम्सी समेत भएपछि तनावग्रस्त भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरीको एक टोली पुगेर प्रतिकुल अवस्थालाई नियन्त्रणमा लिएका थिए ।

मिथिला नगर निर्वाचन परिचालन समितिको बैठकमा पुरानै मितिमा माइन्यूट गर्न खोजेपछि भएको विवादले गर्दा सचिव महासेठमाथि बैठकमा उपस्थिति रहेका कार्यकर्ताहरुले हुलहुज्ज्त भएको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए ।

उनले चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा मिथिला नगरपालिकामा ५०१ सदस्य चुनाव परिचालन मुल समिति गठन एमालेले गरेको छ ।

उम्मेदवारी टिकटका लागि हरिनारायणको एकल सिफारिस भएपनि अन्तिम समयमा केन्द्रिय सचिव महासेठको हस्तक्षेपका कारण उनले टिकट पाएनन् । उनको विकल्पमा राजारामलाई टिकट दिइएको थियो ।

सोही विषयलाई लिएर पार्टीभित्र रहेका असन्तुष्ट हरिनारायणले स्वतन्त्र उम्मेवारी दिएका थिए । तर पछि अध्यक्ष केपी शर्मा ओलीसँग भएको संवाद पछि उनले उम्मेदवारी फिर्ता लिएको थियो ।