जनकपुर, बैशाख ३०

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि जनकपुरधाम स्थित विमानस्थलको सुरक्षाव्यवस्था कडा पारिएको छ ।

जनकपुरधाम विमानस्थलको सुरक्षाव्यवस्थाका लागि नेपाली सेना परिचालन गरिएको छ । जनकपुरधाम विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो ।

आइतबार देखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् ।

जनकपुरधाम विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले स्थानीय तहको निर्वाचनमा विमानस्थलमा खटिरहेका सुरक्षाकर्मीहरु खटेकाले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको बताए । निर्वाचनको सुरक्षामा खटेका सुरक्षाकर्मी नफर्केसम्म नेपाली सेनाले नै विमानस्थलको सुरक्षामा रहने उनको भनाइ छ ।

अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् ।

एक्सरे मेसिन तथा विमान स्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् । त्यस्तै भिआइपीहरुको लिस्टीङका लागि एकजना नेपाल प्रहरी खटेका छन् ।