जनकपुर, बैशाख १९

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको एमालेबाट अध्यक्ष पदका उम्मेदवार रहेका यूवा नेता अजय यादवले मतदाताहरुको बिच नै रहेर आफूले गाउँपालिका विकासका लागि काम गर्ने बताएका छन् ।

मत पाएपछि जनप्रतिनिहिरु मतदातालाई अनुहारसम्म देखाउँदैनन् आरोप लागि रहेको समयमा यादवले आफू निर्वाचन भएपछि यीनै मतदाताहरुका बिच रहेर गाउँपालिका विकासको योजना बनाउने बताए ।

घरदैलो अभियानको क्रममा लक्ष्मिनियाको एमालेबाट उपाध्यक्ष पदको उम्मेदवार भोली यादवसंगै पुगेका अध्यक्ष पदका उम्मेदवार यादवले आफूलाई गाउँपालिकाको सर्वांगिन विकासको धोको रहेकोले उम्मेदवारी दिएको बताए ।

उनले गाउँपालिकाका अधिकांश मतदाता आफ्नो पक्षमा रहेको दावी गरे । यादव आइतबार घरदैलोका लागि लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ६स्थित निकाल र बगेवा पुगेका थिए ।

उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग ठोस योजना रहेकोले, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’

एमालेबाट उम्मेदवारी दिएका यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायतका क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।