जनकपुर, बैशाख २०
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावमा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ भने प्रदेश नम्बर १ को एक वा दुई स्थानमा सामान्य वर्षाको भइरहेको छ ।
त्यस्तै मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहने जनाइएको छ ।
पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहने जनाइएको छ ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ ।
देशको पहाडी भू-भागका केही र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।