जनकपुर, बैशाख २०

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ का नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार चन्देश्वर साहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

साहले आफु निर्वाचित भए वडामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले स्वास्थ्य तर्फ २४ घण्टे एम्बुलेन्स सेवा, वर्थिङ सेन्टर र प्रसुति केन्द्र सञ्चालनका लागि स्वास्थ्य चौकीमा करारको कर्मचारी भर्ना गर्ने, औषधीको नियमित आपूर्तिको व्यवस्था गर्ने बताए ।

गाविस अध्यक्षको रुपमा रहेको समय गाउँमा विभिन्न विकास निर्माणको काम गरेको भन्दै उनले भने, ‘म निर्वाचित भएपछि यस क्षेत्रमा गरिबि अन्त्यका लागि काम गर्छु ।

यसका लागि यहाँ कृषि क्षेत्रमा बढी काम गर्नुपर्छ । कृषिमा काम भए यहाँ रहेको गरिबि आफै अन्त्य हुन्छ ।’

वडाध्यक्ष पदका उम्मेदवार साहले किसानका लागि सिँचाईको व्यवगस्था, नाला सरसफाई गराई प्रत्येक खेतमा पानी पुर्‍याउने व्यवस्था गर्ने, बाँकी रहेको सबै कृषि सडकको निर्माण गरी सञ्चालनमा ल्याउने, किसानलाई मलखादको सरकारी मुल्य अनुसार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त जनाएका छन् ।