जनकपुर, बैशाख २०
धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाका एमालेको अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकामै रोजगारको व्यवस्था गर्ने जनाएका छन् ।
मंगलबार लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ स्थित सोहनी सिनुरजोरा, अरेरवामा उपाध्यक्षको उम्मेदवार भोली यादवसंगै घरदैलोमा पुगेका अजयले गाउँपालिकामै रोजगारी श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वरोजगारमूलक सीपको तालिम दिएर रोजगारी श्रृजना गर्ने बताए ।
उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको सर्वांगिन विकासका लागि एक पटक अवसर दिनुस ।’
अकांक्षी उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने उनको भनाई थियो ।