सिरहा, बैशाख २०

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको गोलबजार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल भएको छ ।

मंगलबार गोलबजार नगरपालिकामा भएको एकीकृत समाजवादीको तर्फबाट गोलबजार नगरपालिकामा कुनैपनि उम्मेदवार नरहेकाले उक्त पार्टीले जसपालाई सहयोग गर्ने भएको हो ।

जसपाका नगर अध्यक्ष हरी नारायण यादब र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष हिरालाल सिंहद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा एकीकृत समाजवादीले जसपा नेपाललाई सहयोग गर्ने जनाएका छन् ।