जनकपुर, बैशाख २०

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरु अहिले स्थानीय जनताका घर घरमा पुगेर विभिन्न एजेण्डाहरुबाट आकर्षित गर्दै तान्नका लागि विभिन्न खाले कसरत गर्दै छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि मेयरदेखि वडाअध्यक्ष र वडा सदस्यका लागि राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सो क्रममा जनकपुरधाम वडा नम्बर १० बाट नेकपा एमालेबाट यूवा नेता सुशिल कर्णले समेत उम्मेदवारी दिएका छन् ।
उनले उम्मेदवारी दिएपछि जनकपुरधाम वडा नम्बर १० का वासीहरु भने निकै हर्षित रहेको वडाअध्यक्षका उम्मेदवार सुशिल कर्णले प्रतिक्रिया दिए ।

जनकपुरधाम– १० वासीको घरदैलोदेखि व्यक्ति भेटघाटलाई निरन्तरता दिँदै वडाअध्यक्षका उम्मेदवार कर्णले जनताका आशा अपेक्षा र वडा नम्बर १० को मुहार फेर्नका लागि विगत देखि भोलीसम्म जारी रहने भन्दै समृद्धि र विकासका लागि जनताले आफुलाई निर्वाचित गर्नेमा उनी विश्वस्त छन् ।

No description available.

उनले यहाँका वासीले विकास, समृद्धि र सफा सुन्दर जनकपुरधामसहित वडा नम्बर १० बनाउनुपर्ने माँग राखेको बताए । उनले यहाँको यूवापंक्तिलाई समेत विभिन्न किसिमका वडाको विकास र सरसफाई र नयाँ नयाँ रचनात्मकसहितको सृजनात्मक कार्यमा लगाउने योजना रहेको बताए ।

No description available.

एमालेबाट वडा सदस्यहरुमा महेन्द्र प्रसाद साह, प्रदिप मण्डल, रेखा देवी यादव, रंजिता देवी साह खटिक्क सहितका समुहले घरदैलो तथा व्यक्तिगत भेटघाट अभियानलाई तिव्रता दिएको छ ।

No description available.

No description available.