
काठमाण्डौं, बैशाख २१
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको थियो ।
विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको हो ।
तर विमानस्थलमा बम नभएको पुष्टि भएको छ । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो ।
बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए ।
नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको मिथ्या सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
सूचनासँगै केहीबेर आन्तरिक टर्मिनललाई खाली गराइएको थियो । बम नभएको पुष्टि भएपछि यात्रुहरुलाई पुनः प्रवेश गर्न दिइएको छ ।