जनकपुर, बैशाख २१

आसन्न स्थानियतहको निर्वाचनलाई मध्यनजर गर्दै लक्ष्मीनिया गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

दैनिकीरुपमा घरदैलो अभियान संचालन गरिरहेका मिश्रले बुधबार लक्ष्मीनिया गाउँपालिका वार्ड नं ५ स्थित बनिनियामा घरदैलो अभियान संचालन गरेका छन् ।

बनिनियाका जनतासंग प्रत्यक्ष कुराकानी गर्दै नेपाली कांग्रेस पार्टिका लक्ष्मीनिया गाउँपालिकाका सभापति समेत रहेका मिश्रले गाउँपालिका रहेका व्यापक रुपमा रहेको समस्या समाधानका लागि पहिलो कदम चाल्ने प्रतिवद्धता जनाए ।

उनले गाउँपालिकाका प्रमुख सडकहरुमा सुधार गरिएपनि पालिकाका विभिन्न गाउँहरुमा अहिले पनि हिलो नै हिलो रहेकोले सडक सुधार कार्यक्रमलाई पहिलो चरणमै प्राथमिक्तामा राख्ने वताउदै अध्यक्ष पदका उम्मेदवार मिश्रले पालिकामा सेवाग्राहीलाई काम गराउन हुने कठिनाईलाई समाप्त गर्दै भ्रष्टाचार मुक्त पालिका वनाउने आफनो पहिलो पहल हुने उनले प्रतिवद्धता जनाए ।