महिला सशक्तिकरणका लागि विशेष प्याकेज ल्याइनेः रुना झा

जनकपुर, बैशाख २१

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका शिवशंकर साह हिराले जनकपुरधाममा भ्रष्टाचारीलाई कुनैपनि कुनाकाप्चामा स्थान नरहेको बताएका छन् ।

बुधबार जनकपुरधाममा घरदैलो अभियान अन्तर्गत जनतासंग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरको कार्यालयमा भएको विकास निर्माणको अनियमितताको कार्यलाई प्रश्रय नदिने र सो विकास निर्माणका फाईलहरुको अनुगमन गरि अनियमितता गर्नेलाई कारवाही गरी भ्रष्टाचारीलाई तह लगाउने उनले बताएका हुन् ।

उनले जनकपुरधामको सर्वांगिन विकासका लागि सल्लाहकार समितिको सुझाव अनुसार काम गर्ने बताएका छन् ।

जनकपुरधाम वडा नम्बर १२ स्थित कुवा रामपुरमा उपमेयर पदकी उम्मेदवार रुना झासंगै घरदैलोका लागि पुगेका मेयर पदका उम्मेदवार हिराले विज्ञहरुको टोली सहितको सल्लाहकार समिति बनाएर सर्वांगिन विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना निर्माण लगायतको विकासका कामहरुका लागि सबै क्षेत्रका विशेषज्ञहरुको समेटेर सल्लाहकार समिति गठन गर्छु, सो समितिकै सल्लाह अनुसार नै काम गर्ने छु ।’

यस अघिका जनप्रतिनिधिहरु कामभन्दा कमिशन तथा भ्रष्टाचार गर्नमै लिप्त रहेकाले बजेट हुँदा हुँदै पनि विकास हुन नसकेको उनले आरोप लगाए ।

तर यदि आफू मेयरमा निर्वाचित भए जनकपुरधाम उपमहानगरको कार्यालयसहित उपमहानगर भित्र रहेका कार्यालयहरुमा भ्रष्टाचारीहरुकालागि कुनै ठाउँ रहन नदिने मे स्पष्ट पारे ।

खेल क्षेत्रको विकासका लागि विभिन्न योजना ल्याइनेः झा

May be an image of 4 people and people standing

त्यस्तै उपमेयर पदकी उम्मेदवार रुना झाले चुनावी प्रचार प्रसारको क्रममा खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका योजना ल्याउनका लागि योजनावद्ध ढंगले यूवाहरुकै संलग्नतामा रचनात्मक कार्य गरिने बताए ।

युवाहरु कुलतको शिकार हुँदै गईरहेको समयमा खेलकुद क्षेत्रको विकासमा जोड दिँदै उनले जनकपुरधाममै स्टेडियम निर्माण कार्यलाई प्राथमिकता दिने र यूवाहरुका लागि विशेष प्याकेजको व्यवस्था गर्ने बताइन् । उनले महिलाहरुका लागि समेत दिर्घकालिन योजना बनाएर महिला सशक्तिकरणका लागि अभियान नै संचालन गर्ने बताइन् ।

मेयर पदमा हिरा र उपमेयर पदमा रुना झाको समर्थनमा जनकपुरधाम नगरमा हजारौँको संख्यामा मोटरसाइकल रैलीले जनकपुरधामको परिक्रमा समेत गरेको थियो ।

No description available.