
जनकपुर, बैशाख २१
नेकपा एकीकृत समाजवादीका उम्मेदवार नै एक्कासी एमालेमा प्रवेश गरेपछि धनुषामा हलचल पैदा भएको छ ।
धनुषाको सबैला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका उम्मेदवार राजु गुप्ता एक्कासी एमालेमा प्रवेश गरेपछि एकीकृत समाजवादीमा हलचल पैदा भएको हो ।
बुधबार सबैला नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका अकांक्षी उम्मेदवार गुप्ताले मनोनयन पत्र दर्ता गराएका थिए ।
उनले एमालेबाट सबैला नगरपालिकाका उम्मेदवार समेत रहेका धनुषा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको दवावका कारण एकीकृत समाजवादी छाड्दै एमालेमा प्रवेश गरेका छन् ।
एमालेमा प्रवेश गरेपछि उनले सबै नेता-कार्यकर्ताको दवाव थेग्न नसकेपछि आफूले राजकिशोर यादवलाई समर्थन गरेको प्रतिक्रिया दिए ।
एमालेमा फर्केएका गुप्तालाई एमालेका केन्द्रिय सदस्य समेत रहेका धनुषा जिल्ला ईन्चार्ज रामचन्द्र मण्डलसहितकाले स्वागत गरेका छन् ।
स्रोतका अनुसार उम्मेदवार गुप्ताले बार्गेनिंगमा कुरा मिलेपछि ओलीकै निर्देशनमा एमालेमा प्रवेश गरेका थिए ।