काठमाण्डौं, बैशाख २२

नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यता शुक्रबार पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।