
एजेन्सी, बैशाख २२
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । पुणेमा गएराति भएको खेलमा बेङ्ग्लोरले चेन्नईलाई १३ रनले हराएको हो ।
बेङ्ग्लोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । चेन्नईका डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
बेङ्ग्लोरका हर्सल पटेलले ३ तथा ग्लेन म्याक्स्वेलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । बेङ्ग्लोरका महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रन जोडे ।
चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ११ खेलमा १२ अङ्क जोडेको छ । बेङ्ग्लोर अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा रहेको छ ।