एजेन्सी, बैशाख २२

जम्मू कश्मीरमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको रेक्टर स्केलमा ५ दशमलव ३ रेक्टर स्केल रहेको छ । यसैबीच भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार जम्मू कश्मीरमा बिहान ५ः३५ बजे भूकम्प गएको थियो ।

यसको केन्द्र ताजिकिस्तानमा १७० किलोमिटर गहिरो भनिन्छ। सौभाग्यवश भूकम्पबाट हालसम्म कुनै क्षति भएको छैन ।

यसअघि १८ अप्रिलमा जम्मु कश्मीरमा भूकम्प गएको थियो ।