ताप्लेजुङ, बैशाख २२

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गएराति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामान तथा दुईवटा बङ्गुर जलेर नष्ट भएका बताउनुभयो ।