
जनकपुर, वैशाख २२
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधाम उपमहानगरपालिकालाई पारदर्शी बनाउने र जनमैत्री बनाउने प्रतिवद्धता जनाएका छन् ।
बुधबार जनकपुरधाम वडा नम्बर १७ स्थित विभिन्न ग्रामिण क्षेत्रमा जनतासँग मत माग्दै उनले जनकपुरधाम उपमहानगरपालिका जनतालाई सेवा गर्नका लागि रहेको भन्दै उनले यसका लागि पारदर्शी समेत बनाउने प्रतिवद्धता व्यक्ति गरेका हुन् ।
उनले जनकपुरधाम उपमहानगरपालिकालाई कमिशन आतंक र परिवारवावदबाट छुटकारा दिने समेत बताए । यसअघि जनप्रतिनिधिहरु परिवारवावद र कमिशनको अड्डा उपमहानगरलाई बनाएइकाले विकासका कामहरु हुन नसकेको आरोप लगाउँदै हिराले त्यसको अन्त्य गर्ने बताए ।
जनकपुरधामस्थित वडा नम्बर १७ स्थित तेतरिया, कनकपट्टी, मनहरपुरमा उपमेयरका उम्मेदवार रुना झाले ग्रामीण वडाको विकासलाई प्राथमिकतामा राख्ने बताइन् । उनले यसका साथै जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतवद्धता व्यक्त गरिन् ।
मठ मन्दिरको जग्गा अतिक्रणका साथै भ्रष्टाचार समेत भएकाले त्यसलाई निर्मूल पार्न आफूले काम गर्ने समे बताइन् ।
जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसंग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त उनले गरिन् ।