जनकपुर, बैशाख २२
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लिएर चुनावी प्रचार प्रसार तथा घरदैलोमा व्यस्त रहेका छन् ।
धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुखको उम्मेदवार नगरलाई दिर्घकालिन रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले घरदैलोको क्रममा उम्मेदवारहरुसंग नगरको दिर्घकालिन विकासका लागि पुनः अवरि दिन आग्रह गरेका हुन् । नगरप्रमुख पदको उम्मेदवार मण्डल उपप्रमुख पदको उम्मेदवार दिपिका सदा, वडा २को अध्यक्ष पदको उम्मेदवार उदय साहसंगै घरदैलोमा पुगेर मतदाताहरु समक्ष आग्रह गरे ।
अब नगरपालिका तथा स्थानीयको विकासका लागि दिर्घकालिन विकासका योजनाहरु लिएर नयाँ भिजनका साथ जनता सामु उनीहरुको आग्रहमा पुनः एक पटक आएको मण्डलले बताए ।
समृद्ध र सुन्दर हंसपुर नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, सरसफाईलाई प्राथमिकता, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरु गठन गरी शान्ति र सुरक्षाकालागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक, कृषि तथा औद्योगिक शहरको रुपमा हंसपुरलाई विकास गर्ने, सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने बताएका छन् ।