जनकपुर, बैशाख २२

जानकी मेडिकल कलेज रमदैयाको नाममा रहेको बैंकको खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय धनुषाले पत्राचार गरिएको छ ।

श्रम तथा रोजगार कार्यालयले सो कलेजको नाममा रहेको नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको छ ।

कार्यालयले बैंकलाई पत्र लेख्दै कलेजको नाममा रहेका विभिन्न बैंकमा सञ्चालित खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गर्दै निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र काटेको छ ।

सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न भन्दै बैंकलाई आग्रह गरिएको पत्रमा जनाइएको छ ।

सो पत्रमा पटक–पटक पत्र पठाउँदा पनि कार्यान्वयन नगरेकाले बैंक खाता रोक्का गर्न आग्रह गरिएको उल्लेख छ ।