जनकपुर, बैशाख २३

नेपाली काग्रेसका औरही गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार ब्रम्हदेव यादवले अबको पालो आधुनिक विकासको रहेको भन्दै यसका लागि आफ्नो जित सुनिश्चित हुनुपर्ने बताएका छन् ।

आफुले परिकल्पना गरे जस्तो आधुनिक ग्रामिणको व्यवस्थित विकास कसैलेपनि गर्न नसक्ने भएकाले आफ्नो विकल्प नरहेको बताएका हुन् ।

उनले शिक्षा, स्वास्थ्य र कृषिमा अमुल परिवर्तनको लागि दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएको बताए । उनले पहिलो कार्यकालमा कृषि र सडकलाई विस्तारको काममा विशेष ध्यान दिएको बताउँदै आफ्नो गाउँपालिकामा अधिकांस ठाउमा सडकलाई पक्की गरिएको बताउँदै बांकी रहेको सडकहरुलाई समेत पक्की गर्ने बताए ।

औरही गाउँपालिका स्थित पौडेश्वरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै विगतमा आफुले शिक्षा र स्वास्थ्यमा निकै विकास गरेको बताए । उनले हरेक बालबालिकालाई सहज विद्यालयमा पहुँच बढाउनको लागि आफुले काम गरेको बताउँदै शिप मुलक शिक्षा आजको आवश्यकता रहेको बताए ।

उनले आफुले जनतालाई विकास र समृद्धिको अनुभति दिएको बताउँदै जनता आफ्नो पहिलो कार्यकालबाट निकै खुसी रहेको बताए । निवर्तमान अध्यक्ष यादवले भने, ‘पहिलो कार्यकालमा शिक्षा र स्वाथ्यमा धेरै कार्य गर्दा समेत बांकी रहेकोले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएको छु ।’

उनले जनताले आफुलाई जुन श्विासको साथ मत दिएको थियो त्यो निष्ठा र ईमान्दारिताका साथ काम गरेको बताए ।
यादवले कोरोना संक्रमणका कारणले सबै भन्दा बढि प्रभावित शिक्षा क्षेत्र रहेको कारणले आफुले चाहेर पनि शिक्षा क्षेत्रमो गुणत्मक विकास गर्न नसकेको बताए । उनले आउने शिक्षामा शिक्षा क्षेत्रमा सुधार गर्न ठोस कदम चाल्ने बताए ।