बाँके, बैशाख २४

नेकपा माओवादी केन्द्रबाट बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै महौतबस्ती पुग्ने उम्मेदवालाई स्थानीय मतदाताकहरुले सुक्षित आवाशको ग्यारेन्टी गर्न भने पछि केही छिन अलमल्ल पर्ने गरेका छन् । ४० घरपरिवारको बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ ।

सुनिल कुशबधियाले भने, ५ वर्ष पहिला पनि यसै गरी मत माग्न आउनेहरु हात जोडदै कतिपयले खुट्टा समातेर चुनाव जिताई दिन आग्रह गर्दै चुनाव जिते समस्या समाधान गर्ने बताए पनि चुनाव जिति सके पछि फर्केर आएनन् । भोटका लागि खुट्टा समातेर असल संस्कारी बनेकाहरु चुनाव जिति सकेपछि हामीले नमस्कार गर्दा समेत फर्काएन्न । अब त नेताहरुलाई देखेर घृणा लाग्ने गरेको सुनाए ।

उनले थप्दै भने अब नयाँ अनुहार भए जनताको सेवा गर्न सक्ने व्यक्तिलाई चुनावमा मतदान गरी विजय गराउने आफनो समूदायले निणर्य गरेको बताए । महौतहरुको समस्या समाधानका लागि प्रतिबद्धता पत्रमा उल्लेख गरेका व्यक्तिलाई आफूहरुले मतदान गर्ने जिकिर गरे ।

राजनितिक दलहरुले निर्वाचन प्रचारप्रसार तिब्र रुपमा गरी रहेका बेला शुक्रबार माओवादी केन्द्रका तर्फबाट नेपालगंज १९ मा उम्मेदवारी दिएका शम्भु नाथ योगी नेतृत्वको टोली महौत बस्तीमा पुगे पछि कुशबधीयाहरुले आवाश र शौचालय बनाउन माग गरेका थिए ।

अध्यक्ष पदका उम्मेदवार योगीले आफूले कुशबधिया समूदायले उठाएको मुद्दा र सुकुम्बासी समस्या समाधान गर्ने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको बताउदै निर्वाचित भए पहिलो निणर्य नै सुरक्षित आवाश र शौचालय निमाणर्का लागि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
योगीको कुराले कुशबधिया समूदाय प्रभावित भएर एकछापे मतदान गर्ने बताएका थिए ।

आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी जानकी कुशबधियाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताइन् ।

माओवादी उम्मेवारहरुलाई विजय गराउन वडाको इन्चार्जको जिम्मेवारी पाएकी माओवादी नेतृ मिना मल्लले चुनावका बेला अधुरा सपना देखाउनेहरुको पाँच बर्षमा चरित्र चित्रण भई सकेकोले जनताको भावना बुझन सक्ने योगी नेतृत्वको टीम मात्र देखा परेकोले एक पटक जिताएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरीन । माओबादीको जित भए पाँच वर्ष भित्रै सुरक्षित आवास र शौचालय बनाएर देखाउने नेतृ मिनाको दाबी थियो ।

वडा अध्यक्षका उम्मेदवार योगी संगै वडा सदस्यहरु ललउ महाउत, गोमती प्रसाद बर्मा, शान्ता परियार मन्जु ज्ञवाली सहित माओबादी नेता र स्थानीयहरुको सहभागिता रहेको थियो ।