जनकपुर, बैशाख २४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक, संविधान र संसद बचाउने र भंग गर्ने वीचको लडाईमा गठबन्धन विजयी हुने दावी गरेका छन् ।

ठुलो बलिदानीपूर्ण संघर्ष, आन्दोलन र जनताको अपेक्षा अनुसार मुलुकमा आएको परिवर्तन स्वीकर्न नसकेकाहरुले मुलुकलाई द्वन्द्वमा फसाउन चाहेकाले काँग्रस, माओवादी, जसपा एकीकृत समावादी, राष्ट्रिय जनमोर्चा वीच गठबन्धन भएको उनले बताए ।
उनले देशमा भएको ठुलो परिवर्तनको बाहक माओवादी केन्द्र रहेको बताएका छन् ।

उनले जनताको सुख दुःखको साथी माओवादी केन्द्र नै रहेको भन्ने कुराको नयाँ चेतना र नयाँ जागरण आएको समेत बताएका हुन् ।
उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएपछिको दोश्रो पटक स्थानीय तहको निर्वाचनको संघारमा रहेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मुलुक, संविधान र संसदलाई प्रतिगामी तत्वहरुबाट बचाउनका लागि परिवर्तनकारी, प्रगतिवादी, शान्तिप्रेमी, मुलुकको समृद्धि विकास चाहनेहरु वीच गठबन्धन बनाएर चुनावी मैदानमा होमिएको बताए ।

प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि यो दोश्रो स्थानीय तहका निर्वाचनमा हामी होमिएका छौँ । संघीयता, समावेशीता, समानुपातिकता, सिंहदरबार गाउँघरमा पुगेको केही पचेको छैन । संविधान परिमार्जन र संशोधन आवश्यकताको नाममा संघीयता, समावेशी, पहिचन र गणतन्त्र नै हटाउन लागि परेका छन् । षड्यन्त्रकारीहरुको एक तप्का संविधान विरोधी अभियान नै लागि परेका छन् ।’

उनले अगाडी भने, ‘असंवैधानिक तरिकाले संसद विघटन गरेको विरोधमा हामीले देशव्यापी गठबन्धन बनाएरै संसद, संविधान बचाउन संघर्ष गर्यौँ । परिवर्तनका पक्षधर, प्रगतिका पक्षधर शान्ति समृद्धि पक्षधर, प्रतिगमन तिर जान चाहने प्रतिगामी वीचको लडाई हो । परिवर्तन, प्रगति, शान्ति र समृद्धि पथमा अगाडी बढ्नका लागि माओवादी र गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउन जनतामा अपिल गर्दछु ।’

दोश्रो पटकको निर्वाचन प्रक्रियामा पनि मधेसले एउटा नयाँ उदाहरण प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले देशमा आर्थिक विकास, जनताको गरिबी हटाउने, बेरोजगारी हटाउने, किसानहरुको हक अधिकारको निमित्त पेन्सनको व्यवस्था गर्ने, अनुदान र प्रोत्साहनको व्यवस्था गर्नेलगायतका कुराहरुमा आफूहरु केन्द्रित रहेको बताए ।

उनले आउने दिनमा मधेसका किसानहरुको आर्थिक विकास र समृद्धिका लागि नयाँ योजना र कार्यक्रम आउने पक्का रहेको विश्वास व्यक्त गरे ।

May be an image of 7 people and people standing

धनुषाको मिथिला विहारी नगरपालिका स्थित मिथिलेश्वरमा रहेको सहिद चन्देश्वर मण्डलको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रचण्डले मिथिलेश्वर, मिथिला नगरपालिकाको बडहरी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा जनतालाई सम्बोधन गरेका छन् । भने दिउँसो जनकपुरधाम स्थित तिरहुतीया गाछीमा हुने पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने छन् ।

May be an image of 1 person and outdoors

सो सभामा प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

May be an image of 2 people and people standing

May be an image of one or more people, people standing, people sitting and crowd

May be an image of 7 people and people standing

May be an image of one or more people and people standing

May be an image of 3 people