एजेन्सी, बैशाख २४

भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।

शनिबार भारतभरी १४.२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ ।

अब राजधानी दिल्लीमा १४.२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ ।

एलपीजीको बढ्दो मूल्यलाई मध्यनजर गर्र्दै सरकारमाथि हमला गर्दै कांग्रेसका प्रवक्ता डा. शमा मोहम्मदले ट्वीट गरेकी छिन्

‘१४.२ किलोको खाना पकाउने ग्यासको सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ ।

मार्च सन् २०१४ मा यो मूल्य ४१०.५० भारु प्रति सिलिन्डर हुने गर्दथ्यो । आखिर गरिब र मध्यम वर्गीयले कसरी यो मूल्यमा सिलिन्डर खरिद गर्न सक्छ ।