जनकपुर, बैशाख २४
धनुषाको जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल बारिक शेखको रोगका निधन भएको छ ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका शेखको शनिबार साँझ निधन भएको हो ।
नेपाली काँग्रेसबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतले निर्वाचित भएका थिए ।
निवर्तमान अध्यक्ष शेखको पार्थिव शरीरलाई आइतबार बिहान ईस्लाम रितिरिवाज अनुसार अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् ।