
जनकपुर, बैशाख २५
धनुषाको हंसपुर नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रामज्ञान मण्डलले घरदैलोको केही दिन मात्रै बाँकी रहेको समयमा गाउँ टोलमा गएर बृद्ध बृद्धाको आशिर्वाद थापेका छन् ।
घरदैलोका लागि नगर उपप्रमुखको उम्मेदवार दिपिका सदा संगै मत माग्न पुगेका मण्डलले मतदाताहरुको आशिर्वाद थाप्नुका साथै शुभेच्छा ग्रहण गरेका हुन् ।
हँसपुरका उम्मेदवार मण्डलले वडा नम्बर ५ स्थित बेल्ही र वडा नम्बर ६ को सुगा निकास र टिल्हीमा घरदैलो सम्पन्न गरेका छन् । घरदैलोको क्रममा नगर विकासको अधूरा काम पूरा गर्नका लागि पुनः मत दिन मतदाताहरुलाई आग्रह गरे । निवर्तमान नगरप्रमुख समेत रहेका मण्डलले यस अघिको कार्यकालमा आफूले तयार पारेको विकासको खाका अनुसार काम सम्पन्न गर्नका लागि मतदाताहरुलाई पुनः मतदान गर्न आग्रह गरेका हुन् ।
मण्डलले नगरको दिर्घकालिन विकासका लागि यसअघिको कार्यकालमा बनाई सकेको र केही काम शुरु पनि भईसकेकाले ती कामहरु सम्पन्न गर्नकै लागि आफू पुनः नगरप्रमुखमा उम्मेदवारी दिएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार रहेका मण्डलले हंसपुरको समस्या नजिकबाट बुझेको र त्यसलाई समाधान गर्ने सक्ने क्षमता आफूमा रहेको दावी गरे ।
घरदैलो कार्यक्रमको क्रममा मण्डलले आफ्नो पछिल्लो कार्यकालमा हंसपुर नगरपालिकालाई चिनाउने काम गरेको र अब बांकी रहेका योजनाहरुलाई पुरा गर्दै जनताको शिक्षादेखि रोजगारसम्मको नितीगत विकासको योजना कार्यान्वयनमा ल्याउने नगरवासीसँग प्रतिबद्धता जनाएका छन ।
उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएको प्रतिक्रिया दिए ।