जनकपुर, २५ बैशाख
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार अजय यादवले गाउँपालिकाको समग्र विकास आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।
उनले आफूसँग लक्ष्मिनीयाँ गाउँपालिकाको समृद्ध विकासका लागि दिर्घकालिन योजनाहरु रहेको बताएका हुन् ।
उनले भने, ‘यस गाउँपालिकाको समृद्ध विकासका लागि मैले धेरै परिकल्पना गरेको छु । मेरो दिर्घकालिन योजनाहरु स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, विकास निर्माण, यूवा लक्षित खेलकुदलगायतका विभिन्न सृजनात्मक तथा रचनात्मक कार्यक्रम प्राथमिकीकरणमा छ ।’
गाउँपालिकाभित्रका विद्यालयको सुधार गर्ने, बालमैत्री, अपांग मैत्री, अभिभावक मैत्रीपूर्ण शिक्षालयको वातावरण बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।
यादवले आफूलाई स्थानीय जनताले निर्वाचित गर्नेमा ढुक्क रहेको समेत बताएका छन् ।