महोत्तरी, बैशाख २५

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरु घरदैलो अभियानलाई तिव्रता पारेका छन् ।

यही क्रममा महोत्तरीको महोत्तरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका अवधेश चौधरीले घरदैलो तथा गाउँ परिक्रमालाई तिव्रता दिँदै स्थानीयवासीसँग भलाकुसारी समेत गरेका छन् ।

आइतबार महोत्तरी गाउँपालिकाको अनुखडा, गोनरपुरालगायत विभिन्न टोलमा घरदैलो अभियान गर्दै ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दै पालिकाको विकास, निमुखा जनताको रोजगारी, स्वास्थ्य सेवा, शिक्षाको गुणस्तरीय व्यवस्था, बाटो घाटो र विकास निर्माणलगायतका एजेण्डाहरु रहेको भन्दै अध्यक्ष पदका उम्मेदवार चौधरीले आफु निर्वाचित भएमा विकासमा क्रान्ति ल्याउने दावी गरे ।

उनको घरदैलो अभियानमा बुढापाकादेखि यूवाहरुको उल्लेख्य सहभागी रहेको थियो ।

व्यापक जनसमर्थन वीच गरिएको घरदैलो अभियानमा स्थानीयवासीले निकै अपेक्षा राखेको समेत देखिएको छ ।