जनकपर, बैशाख २५

रामभरोस कापडि भ्रमरद्वारा लिखित मैथिली साहित्यमा लेखनको पचास वर्ष पूरा गरेको अवसर पारेर एक समारोह वीच ‘मिथिलाक लोकजीवनः लोक सन्दर्भ’ पुस्तकको लोकार्पण गरिएको छ ।

आइतबार जनकपुरधामको एक होटेलमा आयोजित भव्य समारोह वीच साहित्यकार भ्रमरद्वारा लिखित सो पुस्तको लोकार्पण गरिएको हो ।

सो पुस्तक लोकार्पण गरिएकोमा प्रा.डा.भोगेन्द्र झा, साहित्यकार रोशन जनकपुरी, यूवा साहित्यकार नित्यानन्द मण्डललगायत दर्जनभन्दा बढी साहित्यकारले शुभकामना मन्तव्य सहित सो पुस्तकमाथि समालोचना समेत गरेका थिए ।