एजेन्सी, बैशाख २६

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।

यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७.४ ओभरमा ११७ रन बनाएर आउट भयो ।

दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।

यसअघि डेभन कोनवेको अर्धशतक र अन्तिम ओभरमा महेन्द्र सिंह धोनीको २१ रनको सहयोगमा चेन्नई सुपर किंग्सले २० ओभरमा २०८ रन बनाएको थियो। डेभोन कोनवे र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ६७ बलमा ११० रनको साभआईपीएलमा दिल्लीमाथि चेन्नईको शानदार जीत
एजेन्सी, बैशाख २६
चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।

यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७.४ ओभरमा ११७ रन बनाएर आउट भयो । दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।

यसअघि डेभन कोनवेको अर्धशतक र अन्तिम ओभरमा महेन्द्र सिंह धोनीको २१ रनको सहयोगमा चेन्नई सुपर किंग्सले २० ओभरमा २०८ रन बनाएको थियो। डेभोन कोनवे र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ६७ बलमा ११० रनको साझेदारी गरे। ऋतुराज गायकवाडले ३३ बलमा ४१ रन बनाए । कोनवेले ४९ बलमा ८७ रन बनाए । शिवम दुबेले १९ बलमा ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा अविजित २१ रन जोडे ।

mेदारी गरे। ऋतुराज गायकवाडले ३३ बलमा ४१ रन बनाए । कोनवेले ४९ बलमा ८७ रन बनाए । शिवम दुबेले १९ बलमा ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा अविजित २१ रन जोडे ।