काठमाण्डा, बैशाख २६

आज दिउँसोपछि प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै, अन्य प्रदेशका एक÷दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।

केही दिनयता काठमाण्डौसहित देशका धेरै ठाउँमा दिनहुँजसो पानी परिरहेको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको आंशिक प्रभाव र स्थानीय वायुसँगै भारतको बिहारदेखि पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।