एजेन्सी, बैशाख २६

ताइवानको पूर्वी तटमा सोमवार ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको थियो ।

भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ ।

ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्निच्यूडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो ।