जनकपुर, बैशाख २६
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका मुनुकुमार झाले व्यापकरुपमा चुनावी प्रचारप्रसारलाई अघि बढाएका छन् ।
सोमबार नगराईन नगरपालिकाको गंगलीमा घरदैलो अभियानको क्रममा आफु निर्वाचित भए वडालाई नमूनासँगै व्यवस्थित र समुन्नत वडा बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफु निर्वाचित भएमा आफ्ना बुवा आमाको नाममा नेता असर्फी र जमुना देवीको तर्फबाट वृद्धाआश्रमका लागि १ कठ्ठा जमिन दान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बुवा र आमाको नाममा जमिन दान गर्दै वडालाई थप व्यवस्थित, वडाको कार्यलाई थप प्रभावकारी बनाउनका लागि आफु लागि पर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
उनले वडाको आफ्नो भवन, स्वास्थ्य कार्यालय, शिक्षा, रोजगारी, कृषि क्षेत्र निकै अव्यवस्थित रहेकाले यसको व्यवस्थापन गर्नु नै आफ्नो मुख्य एजेण्डा रहेको वडा अध्यक्षका उम्मेदवार झाले बताए ।
उनले आफ्नो चुनावी संकल्प पत्रमा वडाको सामाजिक संरचना, भौतिक पूर्वाधार विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ, कृषि तथा अन्य क्षेत्रलाई समेत तिव्रगतिमा अघि बढाउने बताए ।
उनले आफु निर्वाचित भए लगत्तै वडा कार्यालय निर्माण, ग्रामिण समस्या समाधानका लागि भलादमीको बैठकबाटै निराकरण गरिने, पांच वर्षमै वडामा एउटा प्राविधिक विद्यालयसहितको उच्च माध्यमिक +२) सञ्चालन गर्नेलगायतको योजना रहेको स्पष्ट पारे ।
उनले समाजलाई अनुसासित र स्वास्थ्य राख्नका लागि खेलुकदसहित विशेष किसिमको अभिमुखिकरण कार्यक्रम र तालिमको व्यवस्था गर्ने कार्ययोजना रहेको बताए ।