..एजेन्सी, बैशाख २७
रुसको विजय दिवस ती सैनिकप्रति सम्मान हो जो दोस्रो विश्वयुद्धमा मारिएका थिए ।
दोस्रो विश्वयुद्धका बेला रुस (त्यतिबेलाको सोभियत संघ) का ८० लाख सैनिक मारिएका थिए । त्यसैले यो युद्धमा पाएको विजयलाई रुसले यसरी नै मनाउने गर्छ । यसलाई ग्रेट पेट्रियोटिक वार पनि भनिन्छ ।
यसपटक रुसले युक्रेनमाथि हमला गरेको छ । सीएनएनमा प्रकाशित खबरका अनुसार यो युद्धमा रुसले दुई महिनामा २४ हजारभन्दा बढी सैनिक गुमाएको छ । हजार ट्याङ्क्स र २६०० बख्तरबन्द वाहन नष्ट भइसकेका छन् । सयौँ विमान खसालिसकेका छन् । यसबाहेक गाइडेड मिसाइल क्रुजर मोसक्वा युद्धपोत पनि युक्रेनमा खसालिएको छ । यस्तो डरलाग्दो संख्याबीच रुसले विजय दिवस मनाउनु एउटा निकै महत्वपूर्ण घटना हो । विजय दिवस के हो यसबारे जानकारी लिऔँ ।
सोभियत संघले ९ मे सन् १९४५ मा पहिलो विजय दिवस मनाएको थियो । त्यतिबेला जर्मनीले उनीहरुसमक्ष आत्मसमर्पण गरेका थिए । सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि एलाइड देशले ८ मेलाई विजय घोषित गर्दै युरोप डे नाम दिएको थियो । सोभियत संघले जर्मनीले आधिकारिक रुपमा नै हार स्वीकार गरोस् भन्ने प्रतीक्षामा थिए । तर दस्तावेजमा हस्ताक्षर होउञ्जेल मध्य रात भइसकेको थियो त्यसैले रुसले ९ मेमा विजय दिवस मनाउने गर्छ ।
रुसको विजय दिवसले सधैँ धुमधामका साथ मनाउने गर्छ । तर सन् १९६५ मा सोभियत संघका नेता लियोनिड ब्रेझनेवले ९ मे मा राष्ट्रिय अवकाश घोषित गरे । ६० को दशकमा नै यो ठूलो हुँदै गयो । यसमा मिलिट्री परेड हुन थाले । तर यसलाई थप भव्य बनाएर प्रदर्शित गर्ने पूरा श्रेय वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई जान्छ ।
पछिल्ला दुई दशकमा मस्कोमा जब विजय परेड हुन्छ, लाखौँको संख्यामा मानिस जुट्ने गर्छन् । सडकमा मोर्चा निकाल्छन् । मानिस आफ्नो सहिदको तस्बिर लिएर परेड निकाल्छन् र मैनबत्ती बालेर उनीहरुलाई सम्मान गर्छन् । यो मार्चामा राष्ट्रपति भ्लादिमिर पुटिन पनि समावेश हुन्छन् ।
रुसले यसदिन रेड स्क्वायरमा आफ्नो आर्टिलरीको प्रदर्शन गर्छ । तोपलाई देखाउँछ । मिसाइलको कार्केड निकाल्छ । युक्रेनी पत्रिका द किभ इन्डिपेन्डेन्टले २५ मार्च २०२२ मा ट्वीट गरेर लेखेका थिए – रुसले यो युद्धलाई ९ मेसम्म समाप्त गर्न चाहन्छ । यद्यपि, रुसी मिडियाका अनुसार रुसी विदेशमन्त्री सर्गेई लावरोवले यस्तो कुनै रिपोर्ट नआएको स्पष्टिकरण दिएका छन् ।
रुसले पनि युक्रेन युद्धका कारण विजय दिवस मनाउन रोक्न अस्वीकार गरेको थियो । आफूले विजय दिवस निकै शानदार तरिकाले मनाउने बताएका थिए । र रुसले आफूले भनेजस्तै गर्यो । यद्यपि, पश्चिमी मिडियाले पुटिनले यो दिनपछि वा त्यसै दिनदेखि युक्रेनमाथि थप हमला गर्न सुरु गर्ने मान्यता राखेको छ । उसले थप मिलिट्री शक्ति युक्रेनतर्फ पठाउने बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको हमलालाई डिनाजिफिकेशन शब्द दिएको थियो । यस्तै शब्दको प्रयोग सोभियत संघले दोस्रो विश्वयुद्धका बेला गरेको थियो । यसपटक परेडमा ६५ हजारभन्दा बढीले भाग लिए । यसबाहेक २४०० भन्दा बढी हतियारधारी र मटेरियल युनिट्सले आफ्नो शक्तिको प्रदर्शन गरे ।