
सुशिल, अमर र गणेश वीच जुंगाको लडाई
जनकपुर, बैशाख २७
यही बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । अब निर्वाचनको तीन दिन मात्र बाँकी छ । चुनावी प्रचार प्रसारको आज अन्तिम दिन । चुनावी प्रचार प्रसार समाप्त हुँदै छ भने बुधबारदेखि दुई दिनसम्म मौनअवधि छ ।
स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामै केन्द्रित छन् ।
निकै तानावाना र भव्य प्रचारप्रसार वीच जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० मा निकै रोचक र कडा प्रतिस्पर्धा छ । जनकपुरधाम उपमहानरपालिकाको मेयर पदका लागि जनता अहिलेसम्म मौन रहेपनि वडा नम्बर १० को वडा अध्यक्ष पदका लागि करिब करिब एक दर्जन उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।
जसमध्ये सबै भन्दा बढी चर्चा माओवादी हुँदै मधेशवादीदेखि एमालेसम्मको यात्रा गरेका यूवा नेता सुशील कुमार कर्णको व्यापक चर्चा छ ।
उनले आफ्नो पहिचान एक स्वतन्त्र यूवाको रुपमा स्थापित गर्दै सामाजिक, राजनीतिक तथा जनकपुरधाममा हुने विकास निर्माणका कार्यमा सक्रियतापूर्वक समाजको हीतमा आफ्नो ध्यान केन्द्रित गर्दै आएका छन् ।
त्यसमापनि ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएका थिए । जसका कारण उनी अहिले जनकपुरधाम उपमहानगरमै चर्चाका पात्र बनेका छन् ।
उनले वडाअध्यक्ष पदमा दिएका उम्मेवारीका कारण वडावासीको समेत व्यापकरुपमा समर्थन प्राप्त भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने किसन मण्डलले बताए ।
उनकै पछि अमर साहपनि छन् । जनकपुरधाम उपमहानगर–१० मा अमरको उम्मेदवारीले चर्चा पाएका छन् । उनी वडा नम्बर १० को वडा सदस्यको रुपमा समेत कार्य गरिसकेको छन् । तर उनले वडावासीको अपेक्षा अनुसार कार्य गर्न नसक्दा उनी प्रति स्थानीयवासी रुष्ट छन् । अमर वडाको सदस्य रहँदा सो वडाको वडाअध्यक्षमा मिथिलेश कर्ण अध्यक्ष थिए ।
उनको बेलामा जग्गा अतिक्रमण, फोहोर मैला व्यवस्थापन, सफासुग्घर वडा, नाला तथा ढल निकासमा निकै समस्या भएको थियो । भने स्थानीयले हरनमरन वा जन्मका लागि दर्ता गराई पत्र लिनलाई समेत चर्को शुल्कसहित घुस समेत दिनु परेको अनुभव सोही वडाका रोशन साह बताउँछन् ।
जसले गर्दा अमरको आलोचना भएपनि यूवा रहेकै कारण उनीप्रति केही व्यक्तिहरु उनको समर्थनमा छन् । विगतमा उनले आफ्ना वरिपरिका व्यक्ति, आफन्त र परिवारजनका लागि कार्य गरेकै कारण उनीप्रति उनका छिमेकीहरुको पनि सहानुभुती रहेको अनिल साहले बताए ।
त्यस्तै गणेश ठाकुर पनि चुनावी मैदानमा छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ठाकुर ठेकेदार हुन् । समाजमा खासै योगदान नरहेपनि पुराना काँग्रेसी रहेकै आधारमा उनले टिकट पाएको काँग्रेसीजनको भनाइ छ ।
वडा नम्बर १० मा काँग्रेसको सगठन बलियो रहेको र जनआधार पनि अन्यको तुलनामा राम्रो रहेकाले उनको जित सुनिश्चित जस्तै रहेको भनि चर्चा चलेको छ ।
तर काँग्रेसबाट अरु काँग्रेसीहरुले टिकट नपाएपछि काँग्रेसबाट करिब तीन जना बागी उम्मेदवार छन् । जसबाट ठाकुरलाई भने डर छ । तर काँग्रेसकै मतलाई सम्हाल्न सकेमा उनको अवस्था बलियो रहेको बताइन्छ ।
सुशील कर्ण विगतमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट वडाअध्यक्षमा लडेका थिए । त्यति बेला उनले ६० भन्दा बढी मतले पराजित हुनुपरेको थियो । भने यस पटक उनी नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । भने अमर साहले लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् ।
यस वडामा ११ जनाले राजनीतिक दलदेखि स्वतन्त्ररुपमा पनि उम्मेदवारी दिएका छन् ।
उम्मेदवार कर्णले घरदैलो सम्पन्न गरिसकेका छन् भने उनले आफ्नो जित सुश्निचत रहेकाले ढुक्क रहेको बताए ।
उनले २३ बुँदे संकल्प पत्र जारी गर्दै वडाका सम्पूर्ण समस्या तथा व्यक्तिगत, पारिवारिक र सामुहिक समस्याको समाधान गर्न सधै अग्रसर रहने र वडालाई नमूना वडाको रुपमा विकास गर्न अग्रसरता लिँदै परिवर्तनको पक्षको सदैव अघि बढ्ने बताए ।