जनकपुर, बैशाख २७
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहेको समयमा जनमत पार्टीकी उम्मेदवारलाई दुई जना स्वतन्त्र उम्मेदवारले समर्थन गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरकी उम्मेदवार अनितादेवी साहलाई मेयर पदका स्वतन्त्र उम्मेदवार ईन्जिनियर रविकान्त लाल कर्ण र स्वतन्त्र मेयर पदका उम्मेदवार लक्ष्मण साहले सिके राउतको एजेण्डा राम्रो लागेको भन्दै समर्थन गरेको जनाएका हुन् ।
मंगलबार जनकपुरधाम स्थित जनमता पार्टीको सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबै स्वतन्त्र उम्मेदवारले अनिता साहलाई समर्थन गरेका छन् ।
मेयर पदकी उम्मेदवार अनिता साहलाई दुई जना स्वतन्त्र उम्मेदवारले समर्थन गरेपछि उनी निकै हौसिएकी थिइन् ।
उनले आफुलाई दुई जना उम्मेदवारले गरेको समर्थनले हौसला बुलन्द भएको भन्दै उनले आफु भारी मतले विजयी हुने दावी समेत गरिन् ।