जनकपुर, बैशाख २७

बैशाख ३० गते स्थानीय तहको निर्वाचनको अब तीन दिन मात्रै बाँकी रहेका समयमा मौनअवधिको पूर्वसन्ध्या पारेर नेपाली काँग्रेसले औरही गाउँपालिकामा मोटरसाईकल रैली प्रदर्शन गरेका छन् ।

May be an image of 2 people, motorcycle, road and tree

नेपाली काँग्रेसबाट औरही गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका निवर्तमान अध्यक्ष ब्रह्मदेव यादवको समर्थनमा मोटरसाईकल रैलीसहित प्रदर्शन गरेका छन् । गाउँपालिकाको हरेक वडा, टोलसहित गाउँको सम्पूर्ण सडक क्षेत्रमा मोटरसाईकल रैलीले परिक्रमा समेत गरेको थियो ।

No description available.

मोटरसाईकल प्रदर्शनको कोणसभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार यादवले अत्याधिक मतले विजयी हुने दावी गरेका छन् ।

उनले गाउँपालिकाको अधुरो कार्यहरु गर्नका लागि आफुलाई मतदान आग्रह गर्दै उनले भने, ‘आफुलाई गाउँवासीले मत दिइने विश्वास रहेको र बाँकी रहेका अधुरा कार्यहरु गर्नका लागि आफुलाई जिताउनेमा आफु ढुक्क छु । मलाई जनताको साथ र सहयोग रहेकोमा आफुलाई गौरवान्वित छु ।’