जनकपुर, बैशाख २७
मिथिला नगरपालिकाको एक वडामा काँग्रेसलाई नै गठबन्धनले सघाउने भएको छ । भने मेयर उपमेयरमा आफ्नै गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका लागि जनतामा अपिल समेत गरेका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ मा जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्र वीच भएको गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवारले नेपाली काँग्रेसका वडास्तरमा उम्मेदवारलाई समर्थन गरेका हुन् ।
वडामा आफ्नो अवस्था काँग्रेसभन्द कमजोर देखेपछि जसपा–माओवादी गठबन्धनका वडा अध्यक्षका उम्मेदवार लक्ष्मण महतोसहित सदस्य पदका उम्मेदवारहरुले काँग्रेस पदका उम्मेदवार चन्द्रबहादुर बुलनलाई समर्थन गरेका छ्न् ।
मंगलबार वडा तहमा काँग्रेसका उम्मेदवार बुलनलाई समर्थन गरेको गठबन्धनका वडाका उम्मेदवार महतोले बताए ।
उनले वडा तहामा काँग्रेसर्लाइ समर्थन गरेपनि माथिल्लो मेयर र उपमेयरमा गठबन्धनकै उम्मेदवारलाई मत हाल्ने उनको भनाइ छ ।
‘हामीले वडा तहमा समर्थन गरेका हौं । मेयर उपमेयरमा होइन । हामी जसपा र माओवादी केन्द्रले मेयर उपमेयरमा संयुक्त गठबन्धनलाई नै मतदान गर्छौ ‘, उनले भने ।
उाले अब वडाध्यक्षसहित सदस्य पदमा काँग्रेसलाई मतदान गर्न र मेयर उपमेयर पदमा गठबन्धनका उम्मेदवार रामकुमार महतो र मनुमाया मोक्तानलाई भोट हाल्न आग्रह गरे ।
आफू जित्न नसक्ने अवस्था रहेकाले गठबन्धनभित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको निर्देशनअनुसार वडामा काँग्रेसका उम्मेदवार बुलनसहित सदस्यहरुलाई समर्थन गरेको महतोको भनाई छ ।