
एजेन्सी, बैशाख २९
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् ।
मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका रहेको छ ।
लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा रहेको छ ।
आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ ।
त्यसैले महेन्द्र सिंह धोनीको कप्तानीमा साविकको विजेता चेन्नई यो सिजन भने कमजोर बन्यो ।
यता रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आईपीएलको यो सिजन सबैभन्दा पहिले बाहिरिने टोली बनेको थियो ।