बारा, बैशाख २९

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पक्राउपछि रिहा भएका छन् ।

झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई बुधबार साँझ नियन्त्रणमा लिएको थियो ।

स्वतन्त्र उम्मेद्वार कँडेललाई पक्राउ गरिएकोमा आपसरी सहमतिछि रिहा गरिएको बाराका एसपी दिलिपसिंह देउवाले जानकारी दिएका हुन ।

घटना स्याउली चोकमा भएको थियो । स्थानीयका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् । घाइते न्योपानेको अवस्था सामान्य रहेको छ ।