जनकपुर, बैशाख २९
जनकपुरधाम स्थित होटेलबाट पक्राउ परेको भनिएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नियोजित ढंगले चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् ।
उनले आफुमाथि लागेको आरोप निराधार रहेको र यसलाई खण्डन गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको समेत बताएका हुन् ।
जनकपुरधाममा केही गुन्डाहरुले आफुसँग अभद्र व्यवहार गर्ने प्रयास गरेको र प्रहरीले सुरक्षा दिएर आफुलाई त्यहाँबाट निकालेको उनले जनाएका हुन् ।
अध्यक्ष अन्सारीले आफुमाथि लागेको आरोप लगत रहेको भन्दै तीनबजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
बिहिवार होटेल सिताशरण होटेलमा अध्यक्ष अन्सारीले मतदातालाई प्रभावमा पार्नका लागि पैसा वितरण गरेको भन्दै केही जनाले घेराउ गरेका थिए ।
प्रहरीले भने अध्यक्ष अन्सारीलाई अफुहरुले नियन्त्रणमा नलिएको जनाएका थिए ।