एजेन्सी, बैशाख २९

बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् ।

सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।

उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् ।

यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ ।

तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भएको छ।

अहिले छोरी र छोरा दुवै जिम्मेवार भइसकेका छन् । उनले जे निर्णय गरे पनि मेरो आशिर्वाद सधै उहाँको साथमा छ ।