काठमाण्डौं, बैशाख ३०

युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि आज रिहा भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिएका हुन ।
नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो ।

पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ ९आइएफजे०, आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले उनको रिहाइका लागि सहयोग गरेका छन् ।

महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।

महासंघले घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही गरिनुपर्ने माग गरेको छ ।

रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिएको पुरीले जानकारी दिएका हुन ।