जनकपुर, बैशाख ३०

धनुषामा स्थानीय तहको निर्वाचनमा भिभिआइपीहरुले मतदान गरिसकेका छन् ।

No description available.

शुक्रबार विहान सात बजेदेखि स्थानीय तहको निर्वाचन सुरु भएको थियो ।

धनुषामा पूर्व राष्ट्रपति रामवरण यादवले लक्ष्मिनीया गाउँपालिका स्थित सपहीमा रहेको विपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

No description available.

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले मतदान गरेका छन् । बिहान साढे सातै बजे धनुषाको सबैला नगरपालिका वडा नम्बर २ स्थित रामप्रसाद उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

No description available.

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित कमला हर्दिनाथ सिचाइ आयोजनाको भवन डुमरिया मतदान केन्द्रमा मतदान गरिन् ।

No description available.

त्यस्तै नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराईन नगरपालिका स्थित राजेश्वरी निधि उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

No description available.

त्यसैगरी नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठ र एमाले नेतृ एवं पूर्वमन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगर वडा नम्बर ९ स्थित सहृदय पुस्तकालय मतदान स्थलबाट मतदान गरेका छन् ।

No description available.